(Translated by https://www.hiragana.jp/)
बहुसांस्कृतिक प्रकोप रोकथाम|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

बहुसांस्कृतिक प्रकोप रोकथाम प्रकोपको लागि तयारी गर्नुहोस्

SenTIAमा 「बहुसांस्कृतिक प्रकोप रोकथाम」(स्थानीय प्रकोप रोकथामको माध्यमबाट बहुसांस्कृतिक समाजको सह-अस्तित्व प्रबर्द्धन ) को पहलको लागि काम गर्दैछौं ।
भाषा वा संस्कृति फरक भएपनि, सबैजना सुरक्षितसँग ढुक्क भएर बस्नसकिने समाज निर्माण गर्ने लक्ष्य राखेका छौ।

प्राकृतिक प्रकोप बहुभाषिय सहायता केन्द्र

भुइचालो जस्ता ठूला प्राकृतिक प्रकोप आउदा, SenTIA मा सेन्दाई सहरले स्थापनागर्ने प्राकृतिक प्रकोप बहुभाषिय सहायता केन्द्र चाहिँ स्वयंसेवकहरू या सम्बन्धित संगठनको सहयोगमा संचालन गरि बिपत्तिपीडित विदेशीलाई आवश्यक जानकारी विदेशी भाषामा प्रदान गर्नेछौं ।

प्राकृतिक प्रकोप बहुभाषिय सहायता केन्द्रको बिस्तृत जानकारी यहाँबाट

प्राकृतिक बिपत्तिको समयका भाषा स्वयंसेवक

यो चाँही भुइचालो वा बाढी, ताईफुन जस्ता ठुला प्राकृतिकबिपत्ति आइपर्दाको समयमा, जापानिज भाषा बाटको जानकारी लिन गाह्रो भएको व्यक्तिहरुलाई भाषाको माध्यमबाट सहयोग गर्ने नगरबासी स्वयंसेवक हो ।

साथै,सामान्य समयमा पनि प्राकृतिकबिपत्तिको समयको भाषा स्वयंसेवकहरुले प्रकोप सम्बन्धि प्रशिक्षण तथा तालिममा भाग लिने, अनुवाद तथा दोभाषे को माध्यमबाट व्यवस्थापनमा सहायता गर्नेछौ ।

प्राकृतिक बिपत्तिको समयको भाषा स्वयंसेवकको बिस्तृत जानकारी यहाँबाट

सेन्दाई विदेशी नागरिक प्रकोप रोकथाम लिडर

भाषा र संस्कृतिक, चालचलनहरु फरक भएका विदेशीनागरिक कोलागि, जापान चाहि विदेश हो । दैनिक जीवनमा समस्या नभए पनि, प्राकृतिक बिपत्ति त्यो आपतकालीन समयमा, जपानीजले जस्तै कार्य गर्न सक्ने विदेशीहरू धेरै छैनन्।

सेन्दाई विदेशीनागरिक प्रकोप रोकथाम लिडरहरु, आफैले प्राकृतिक बिपत्ति वा प्रकोप रोकथामको बारेमा ज्ञान हाशिल गरि, त्यसलाई वरीपरीका विदेशी नागरिकहरुलाई बताउने छन । प्राकृतिक प्रकोप आएको समयमा, टोलसमाजको मानिसहरु सँग मिलेर काम गर्नेछन ।

               

प्रकोप रोकथामका लागि उपयोगी बहुभाषीय जानकारी प्रदान

SenTIAでमा, निम्नलिखित सामाग्री बनाई, प्रकोप रोकथामका लागि उपयोगी बहुभाषी जानकारी प्रदान गर्नेछौ।

विदेशीनागरिक लक्षित पम्पलेट, ठूलाठूला प्रक्रत्तिविपति आएमा कहाँ भाग्न सकिन्छ थाहा पाउनुभएको छ ? (6वटा भाषाहरू)

यो सेन्दाई सहरको बासिन्दा बन्ने नयाँ विदेशी नागरिक हरुलाई, प्राकृतिक प्रकोप बहुभाषिय सहायताका साथै सेन्दाई सहरबाट तोकिएको आश्रय स्थान आदिको बारेमा थाहापाई राख्नको लागिको पम्पलेट हो । स्कूल तथा कम्पनी आदिका नयाँ बिदेशी नागरिक राख्ने संस्थानहरुले यसको लाभ उठाउनु होला ।

कलर, दुवै पट्टीको भाग, (अगाडि पट्टीको भाग: विदेशी भाषा, पछाडि पट्टीको भाग: जापानीज भाषा)

सामग्री:

यो QR कोर्ड स्क्यान गरेमा, तलको संस्थाहरु तथा अन्य जानकारीहरु सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।

  • सेन्दाई बिपतिय बहुभाषिक सहायता केन्द्र
  • सेन्दाई सिटीको निर्धारित आश्रयस्थलहरु
  • सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन (बहुसांस्कृतिक प्रकोप रोकथामको पहल)
  • सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रー

प्राकृतिक विपत्तिको समय बहुभाषीय पम्प्लेट (13 भाषामा)

     

सेन्दाई सिटिमा, प्राकृतिक विपत्तिको समय बिपत आश्रयस्थल आदिमा राखिएको आवश्यक जानकारीहरु बहुभाषामा प्रदान गर्नमिल्ने गरि,「प्राकृतिक विपत्तिको समय बहुभाषीय पम्प्लेट」तयारी गरिएको हुनाले, प्रत्येक बिपत आश्रयस्थल आदिमा राखिएको छ।

यो( काउन्सिल ऑफ़ लोकल अथोरिटी फर इन्टरनेशनल रिलेशन)स्थानीय सरकारहरुको अन्तर्राष्ट्रिय एसोसिएसन द्वारा बनाईएको भै, सेन्दाई सिटीको इस्थिती अनुसार सम्पादन गरि, छापिएको छ ।

हिरागना「सरल जापानीज भाषा」पनि लेखिएको हुनाले, जापानिज भाषा नजान्ने आश्रयस्थलमा भएका बिदेशी नागरिकहरु मात्रैनभै, बालबालिकाहरुले पनि बुझ्नसकने गरि जानकारी प्रदान गर्नसकिनेछ ।

बिपत आश्रयस्थल भन्दा बाहेक अन्य ठाउँमा पनि प्रयोग गर्नसकिने हुनाले, तलबाट डाउनलोड गरि प्रयोग गर्नुहोस् ।

    

प्राकृतिक विपत्तिको समय बहुभाषीय पम्प्लेट विस्तृत जानकारी यहाँबाट
(स्थानीय सरकारहरुको अन्तर्राष्ट्रिय एसोसिएसनको होमपेजमा लिंक गार्नुहोस)

बहुभाषीय औंलाले देखाएर बुझाउने बोर्ड (15 भाषामा)

सेन्दाई सिटिमा, प्राकृतिक विपत्तिको समय बिपत आश्रयस्थल आदिमा राखिएको, जापानिज भाषा नजान्ने बिदेशी नागरिकहरु सँग कुराकानी गर्नको लागि 「बहुभाषीय औंलाले देखाएर बुझाउने」 बोर्ड तयार गरिएको हुनाले, प्रत्येक बिपत आश्रयस्थल आदिमा राखिएको छ।

यो( काउन्सिल ऑफ़ लोकल अथोरिटी फर इन्टरनेशनल रिलेशन) स्थानीय सरकारहरुको अन्तर्राष्ट्रिय एसोसिएसन द्वारा बनाईएको भै,सेन्दाई सिटीको बिपत आश्रयस्थलहरुमा चलाउन सजिलोहुने तरिकाले बिस्तृत परिवर्तन गरी छापिएको छ ।

धर्म वा एलर्जीले गर्दा खानामा प्रतिबन्धहरू आदिको खोजिनीति गर्नको लागि 「खाद्यसामग्रीको चित्र र अक्षर/ FOODPICT」हरुपनि छन ।

बिपत आश्रयस्थल भन्दा बाहेक अन्य ठाउँमा पनि प्रयोग गर्नसकिने हुनाले, तलबाट डाउनलोड गरि प्रयोग गर्नुहोस् ।

 

बहुभाषिय विपत रोकथाम सम्बन्धि भिडियो 「भूकम्प ! त्यसबेला के गर्ने ?」(12 वटा भाषामा)

भूकम्पको बारेमा ज्ञान तथा अनुभव नभएका विदेशी बासिन्दा मुख्य रुपमा लक्षित गरेर, भूकम्पको लाइ पुर्वतयारी या भूकम्प आएको अवस्थामा के गर्ने भन्ने बारेमा सरल रुपमा बुझाउने गर्दछौं ।

YouTube मा हेर्न सकिन्छ ।

जापानीज
(जापानी उपशीर्षक )
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」 पार्ट2:「भूकम्प आइहालेमा」
चिनियाँ
(सरलीकृत चिनियाँ उपशीर्षक)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
种语げんぼう灾录ぞうPart 1: 为防ふるえ做准备 ちゅうぶん
पार्ट2:「भूकम्प आइहालेमा」
种语げんぼう灾录ぞう Part2: とう地震じしん发生以后 ちゅうぶん
अंग्रेजी
(अंग्रेजी उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Multilingual Disaster Prevention Video Part1: English
पार्ट2:「भूकम्प आइहालेमा」
Multilingual Disaster Prevention Video Part2: English
कोरियन
(कोरियाली उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
다언어 재해 방지 비디오 Part1: 지진에 대비합시다 한국어
पार्ट2:「भूकम्प आइहालेमा」
다언어 재해 방지 비디오 Part 2: 지진이 일어나면 한국어
इन्डोनेसियाली
(इन्डोनेसियाली उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Video persiapan bencana multibahasa Bagian1: Mari persiapkan diri untuk gempa Bahasa Indonesia
पार्ट2:「भूकम्प आइहालेमा」
Video persiapan bencana multibahasa Bagian2: Jika gempa terjadi... Bahasa Indonesia
फर्मोसन
(परम्परागत चिनियाँ उपशीर्षक)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
多國たこくげん防災ぼうさいかげへん Part1:ため地震じしん準備じゅんび だい
पार्ट2:「भूकम्प आइहालेमा」
多國たこくげん防災ぼうさいかげへん Part2:地震じしん發生はっせいてきはなし だい
तागालोग
(टागलाग उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Multilingual Disaster Prevention Video Part1: Maghanda para sa lindol Tagalog
पार्ट2:「भूकम्प आइहालेमा」
Multilingual Disaster Prevention Video Part2: Kapag Nangyari ang lindol Tagalog
नेपाली
(नेपाली उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
बहुभाषीय विपत्ति निवारण भिडियो  भूकम्पको तयारी गरौं नेपाली
पार्ट2:「भूकम्प आइहालेमा」
बहुभाषीय विपत्ति निवारण भिडियो भूकम्प गएको खण्डमा नेपाली
भियतनामी
(भियतनामी उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Video về phòng chống thiên tai dưới nhiều ngôn ngữ Part1: CHUẨN BỊ TRƯỚC ĐỘNG ĐẤT Tiếng Việt
पार्ट2:「भूकम्प आइहालेमा」
Video về phòng chống thiên tai dưới nhiều ngôn ngữ Part 2: KHI ĐỘNG ĐẤT XẢY RA ... Tiếng Việt
बंगाली
(बंगाली उपशीर्षक)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
বহুভাষী দুর্যোগ প্রতিরোধ ভিডিও ভূমিকম্পের জন্য পূর্বপ্রস্তুতি বাংলা
पार्ट2:「भूकम्प आइहालेमा」
হুভাষী দুর্যোগ প্রতিরোধ ভিডিও ভূমিকম্প অনুভূত হলে বাংলা
पोर्तुगाली
(पोर्तुगाली उपशीर्षकहरू)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Vídeo Multilingual de Prevenção contra desastres Parte1: Português
पार्ट2:「भूकम्प आइहालेमा」
Vídeo Multilingual de Prevenção contra desastres Parte2: Português
मंगोलियाई かたり
(ठाडो उपशीर्षकहरू、
सिरिलिक उपशीर्षकहरू पनि लेखिएको)
पार्ट1:「भूकम्पको लागि पुर्वतयारी गरौँ」
Олон хэл дээрх гамшгаас сэргийлэх видео1-р хэсэг: Монгол хэл (たて文字もじ、キリル文字もじ 字幕じまく
पार्ट2:「भूकम्प आइहालेमा」
Олон хэл дээрх гамшгаас сэргийлэх видео2-р хэсэг: Монгол хэл (たて文字もじ、キリル文字もじ 字幕じまく

बहुभाषिय विपत रोकथाम सम्बन्धि पम्पलेट『भूकम्प बाट आफ्नो सुरक्षाको लागिका केहि सुझाव』(11वटा भाषामा)

भूकम्पको बारेमा ज्ञान तथा अनुभव नभएका विदेशी बासिन्दा मुख्य रुपमा लक्षित गरेर, भूकम्पको लाइ पुर्वतयारी या भूकम्प आएको अवस्थामा के गर्ने भन्ने बारेमा संक्षिप्त रुपमा बुझाउने तथा दृष्टान्त प्रस्तुत गर्दै सरल रुपमा बुझाउने गर्दछौं ।

कलर, कुल 8 पेज

सामग्री:

  • भूकम्पको बारेमा बुझौं/
    पूर्वी जापान महाभूकम्पमा समस्यामा परेका कुराहरु
  • भूकम्प आउनु अघि गर्न सकिने कुराहरु
  • भूकम्प आइहालेमा……
  • कम्पन रोकिए पछि……
  • प्राकृतिक प्रकोपको बेलामा, धेरै सुनिने जापानिज शब्दहरु आदि

बहुभाषिय बिपत रोकथाम पम्प्लेट『 बाढी र पहिरोबाट आफूलाई जोगाउनको लागिकोसल्लाह 』सुझाव ( 6 भाषा)

बाढी र पहिरोको प्रकोपबाट जोगिनको लागि तयारी वा प्रकोप आईहालेको खण्डमा यसबाट बच्ने बारेमा, फोटो वा चित्रहरु लाई सजिलैसँग बुझ्ने तरिकामा व्याख्या गरिएको छ।

कलर, कुल १२ पृष्ठ

सामग्री:

  • पहिलेबाट नै प्राकृतिक विपत्तिको लागि तयारी गरौ   (जापानको भारी वर्षा र ताईफुन), आश्रयस्थल,  हजार्डम्याप आदि)
  • प्रकोप सम्बन्धि जानकारी लिऔ(मौसम सम्बन्धि जानकारी, ५ चरणको आश्रय लिने बारेको जानकारी, प्रकोपको बेलामा उपयोगी हुने एप्स र वेबसाइट आदि )
  • बिपतको खतरा भएको समयमा,छिटोभन्दा छिटो आवस्यक कार्य गरौं (आश्रय लिने बेलामा ध्यान पुर्याउनुपर्ने कुराहरु, आवश्यक पर्ने कुरा, बाढी र पहिरोको प्रकोपको समयमा धेरै प्रयोग हुने जापानिज भाषा आदि)

पम्पलेट 『विपत रोकथाम प्रशिक्षणको महत्वपूर्ण कुराहरु』(6वटा भाषामा)

防災訓練のポイントのイラスト

विपत रोकथाम प्रशिक्षणको महत्वपूर्ण कुराहरुलाई दृष्टान्तहरु देखाउदै बुझाउने गर्दछौं ।
कृपया यसलाई विपत रोकथाम प्रशिक्षणमा भाग लिने विदेशी नागरिकहरूको लागि बुझाउने सामग्री तथा दोभाषे स्वयंसेवक हरूको लागिको सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नुहोस ।

Date fm ”GLOBAL TALK”( “Sunday Morning Wave”कार्यक्रम)मा सहकार्य गर्दै आएका छौं!

Date fm ले हरेक हप्ताको आइतबार प्रसारण गर्ने विपत रोकथामको रेडियो कार्यक्रम “Sunday Morning Wave”को GLOBAL TALK”(हरेक दोस्रो आइतबार प्रसारण)मा सन 2005 को नोभेम्बर देखि सहकार्य गर्दै आएका छौं ।

हरेक पटक, विदेशी बासिन्दालाइ पाहुनाको रुपमा बोलाएर, जापानको भूकम्पको अनुभव या पुर्बतयारीको बारेकाकुराहरु सुन्ने गर्दछौं ।

ठुला विपतहरुआइपर्दा, SenTIA ले Date fm सँग सहकार्य गरेर, बिभिन्न भाषामा विपत सम्बन्धि जानकारीहरु प्रदान गर्ने गर्दछ ।

Date fm "GLOBAL TALK" को बारेमा बृस्तितमा बुझ्न यहाँबाट
(Date fm होमपेजमा लिंक गराउनेछ)

पुर्बीजापान महाभूकम्पबाटको पाठ

『पुर्बीजापान महाभूकम्पबाटको सिकाइ ~महाविपत्तिको बेला, प्रान्त तथा सरकारी कार्यपालिकाहरुको स्थानीय अन्तर्राष्ट्रिय एसोसिएसनसँगको सहकार्य र पुरकता लाइ पुनर्विचार गर्ने~』

J.F.मोरिस, जनहितको संस्था मियागी अन्तर्राष्ट्रिय एसोसिएसन, जनहितको संस्था सेन्दाई सम्बन्धआदानप्रदान एसोसिएसनको सह-लेखन
2015 साल जनवरीमा प्रकासित

यो मियागी प्रान्तमा बस्ने J.F.मोरिस(मियागी महिला विश्वविद्यालय),मियागी अन्तर्राष्ट्रिय एसोसिएसन, सेन्दाई अन्तर्राष्ट्रिय सम्बन्धआदानप्रदान एसोसिएसन (हालको, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन) यो पूर्वी जापान महाभूकम्पको बारेमा समेटेर तयार पारिएको पुस्तक हो ।

『पूर्वी जापान महाभूकम्पबाट पाठ सिकेर 』यसको बारेमा विस्तृतरुपमा यहाँ

वर्कशप सामग्री「बहुसांस्कृतिक विपतरोकथाम वर्कशप, विपतरोकथामको माध्यमबाट बहुसांस्कृतिक समाजको बारेमा सोचौ」

यो चाँही विपतका बेलाको आश्रयस्थल भित्र उत्पन्न हुने「जापानिज नागरिक」र「विदेशी नागरिक」बिचको समस्याहरुको विषयको वर्कशप सामग्री हो ।

भाषा र संस्कृति भिन्नताका कारण उत्पन्न हुने बादविवाद वा फरकव्यवहार को बारेमा, समाधान गर्ने तरिका तथा , के गर्यो भने यस्तो समस्या उत्पन्न हुदैन भनेर सहभागी व्यक्ति बीच छलफल गर्ने उदेश्य संग लक्षित छ ।यो सामग्री नि: शुल्क प्रदान गरिन्छ।

तलको वेबसाइटबाट बिस्तृत जानकारी, आवेदन फारम डाउनलोड गर्न सक्नुहुन्छ।

「बहुसांस्कृतिक बिपत रोकथाम वर्कशप」बिस्तृत जानकारी यहाँबाट
(आवेदन फाराम डाउनलोड गर्न सक्नुहुन्छ)

「बहुसांस्कृतिक बिपत रोकथाम」को सहकार्य मोडल निर्माण रिपोर्ट

पूर्वी जापानको महाभूकम्प आएको छ महिना पछिको 2011 को अक्टोबर महिनाबाट छ महिना अवधि, प्रकोपको समयको बहुभाषिय स्वयंसेवक प्रशिक्षण कार्यक्रम लागू गरि सेन्दाई अन्तर्राष्ट्रिय सम्बन्ध आदानप्रदान एसोसिएसन (हालको, सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन) तथा सेन्दाई सिटीले अहिले सम्मका गरिएका कामहरुको प्रभावकारिता प्रमाणित गर्नुका साथै, भविष्यमा बहुसांस्कृतिक समाजको सह-अस्तित्वको दृष्टिकोणबाट स्थानीय प्रकोप रोकथामको मार्ग अन्वेषण गर्न गरिएको अनुसन्धान आयोजनाको एक रिपोर्ट हो ।

「सामग्री सस्करण」 को रुपमा सेन्दाई सिटी प्राकृतिकप्रकोप बहुभाषिय सहायता केन्द्र कार्य गतिबिधि रिपोर्ट, र पूर्वी जापान महाभूकम्पमा परेका विदेशी पीडितहरूको सर्वेक्षण समग्र परिणाम」पनि प्रकाशित गरिएको छ।

2012 साल मार्च 31 तारिखमा प्रकासित

『「बहुसांस्कृतिक प्रकोप रोकथाम」को सहकार्य मोडल निर्माण रिपोर्ट[PDF]