(Translated by https://www.hiragana.jp/)
(2021 को अप्रिलमा प्राइमेरी स्कुल भर्ना हुने बच्चा भएका व्यक्तिहरुको लागि) स्कूलमा स्वास्थ्य जाँच हुने गर्दछ(就学時検診について) | ブログ|公益財団法人仙台観光国際協会 Sendai Tourism, Convention and International Association

ブログ国際こくさい事業じぎょうからのおらせ

(2021 को अप्रिलमा प्राइमेरी स्कुल भर्ना हुने बच्चा भएका व्यक्तिहरुको लागि) स्कूलमा स्वास्थ्य जाँच हुने गर्दछ(就学しゅうがく検診けんしんについて)


स्कूलमा हुने स्वास्थ्य जाँचमा, आउने वर्षको अप्रिलमा प्राइमेरी स्कुल भर्ना हुने बच्चाहरुको स्वास्थ्य अवस्थाको जाँच गरिन्छ ।

आउने वर्ष स्कूल भर्ना हुने बच्चा भएको परिवारलाइ, वडा कार्यालय बाट जानकारी पठाउदछ ।
ठाँउ चाँही, भर्ना हुने योजना भएको प्राइमेरी स्कुल हो ।
आउने वर्ष देखि संगै पढ्ने बच्चाहरुलाइ भेटघाट गर्न सकिन्छ । प्राइमेरी स्कुल भनेको कस्तो ठाँउ हो भन्ने हेर्न सकिन्छ । त्यसैगरी, केही चिन्ता लागेको कुरा भएमा शिक्षकहरु सँग सल्लाह गर्न सकिन्छ ।

लक्षित :

2014 अप्रिल 2 देखि 2015 को अप्रिल 1 तारिख सम्म जन्मिएका बच्चाहरु

समय :

अक्टोबर ~नोभेम्बर (स्कूल अनुसार फरक पर्न सक्दछ)

स्थान :

आफ्नो घर नजिकको जान मिल्ने प्राइमेरी स्कुल

लाने सामग्री :

वडा कार्यालय बाट आएको स्कूलमा हुने स्वास्थ्य जाँचको जानकारी पत्र ( अक्टोबरको शुरुमा घरमा पठाउदछ), उवागुचु ( कोठा भित्र लगाउने जुत्ता ),मेमो सामग्री (कलम या कापी )

सूचना पोष्ट कार्ड:




प्रत्येक स्कुलको स्वास्थ्य जाँच हुने दिन, सेन्दाई सीटीको होमपेज बाट हेर्न सकिन्छ
स्कूलमा हुने स्वास्थ्य जाँचमा

सम्पर्क स्थान :

सेन्दाई सिटी स्वास्थ्य शिक्षा विभाग
फोन:022-214-8881

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )