(Translated by https://www.hiragana.jp/)
एसपी आशा - विकिपिडिया सामग्रीमा जानुहोस्

एसपी आशा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एसपी आसा नेपाली साहित्यकार हुन्। उनको खास नाम श्रीप्रसाद उपाध्याय घिमिरे हो। उनका सामाजिक, जासूसी, ऐतिहासिक आदि उपन्यास प्रकाशित छन्। घिमिरेका कूल दुइ दर्जन पुस्तक प्रकाशित छन्।

उनको जन्म २००१ साउन पुत्रदा एकादशीका दिन काठमाडौंको सितापाइलामा भएको हो। उनका पिताको नाम विष्णुप्रसाद र माताको नाम प्रेमकुमारी हो। चार दाजुभाई र चार दिदीबहिनी मध्ये श्रीप्रसाद जेठो छोरा हुन्। विभिन्न संस्थामा रहेर काम गर्दै आएका घिमिरेले केही सम्मान पनि पाएका छन्।