(Translated by https://www.hiragana.jp/)
युसी वेब - विकिपिडिया सामग्रीमा जानुहोस्

युसी वेब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युसी वेब निगम
उद्योगइन्टरनेट
स्थापित२००४; २० वर्ष अघि (२००४)
स्थापनाकर्ताहे सियाओपेङ
लियाङ जि
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
यु योङफु (अध्यक्ष)
उत्पादनहरूमोबाइल वेब ब्राउजर,
मोबाइल खोज इञ्जिन आदि
मूल सङ्गठनअलिबाबा समूह[१]
वेबसाइटwww.ucweb.com

युसी वेब निगम वा युसी मोबाइल[१], एक चिनियाँ मोबाइल इन्टरनेट कम्पनी हो जसले मोबाइल ब्राउजर, युसी समाचार, खोजी र अधिक सेवाहरूको उत्पादन वा सेवाहरू प्रदान गर्दै आइरहेको छ। यसको प्रमुख उत्पादन युसी ब्राउजर सन् २०१३ मा चीन, इन्डोनेसियाभारतको बजारमा शीर्ष स्थानमा रहेको थियो।[२][३] कम्पनीको प्रधान कार्यालय क्वाङतोङको ग्वाङझोउमा रहेको छ। यो अलिबाबा समूहको पूर्ण सहायक कम्पनी हो।

युसी प्रविधिका संस्थापक लियाङ जि र हे सियाओपेङले प्रख्यात दूरसञ्चारको क्षेत्रमा सेवा गरेकाले उनीहरू प्रविधि र सञ्चार क्षेत्रमा धेरै अनुभवी मानिएका छन्। सन् २००३ को अन्तमा आफ्नै व्यवसाय सुरू गरेपछि, उनीहरूले पहिलो मोबाइल फोन डाँक प्रदायक युसी मेलको अगष्ट २००४ मा विकसित गरेक थिए। [४] युसी मेलले एचटिएमएलको पनि समर्थन गर्दछ। यो मञ्च एक खुला अन्तरमुख हो जसले डाँकका सूत्रहरूको माध्यमबाट इन्टरनेटमा वेब पृष्ठहरूलाई प्रत्यक्ष पहुँच गर्न सक्षम पार्दछ। संस्थापकहरूले उत्पादन प्रतिक्रिया मध्यस्थता भएतापनि, एचटिएमएल अन्तरमुखको प्रयोग गरी इन्टरनेट पहुँच गर्नका लागि मोबाइल फोन प्रयोगकर्ताहरूको माग अत्यन्तै प्रबल रहेको पत्ता लगाएका थिए जसका कारण उनीहरूले छिटो नै एउटा विशेष मोबाइल फोन इन्टरनेट उपकरण बनाउने निर्णय गरेका थिए। सोही महिनामा, संस्थापकहरूले युसि ब्राउजरको निर्माण गरेका थिए जुन युसी मेलमा आधारित थियो।[५]

युसी वेब, मोबाइल ब्राउजरको क्षेत्रमा एक प्रमुख प्रविधि र पूर्ण बौद्धिक सम्पत्ती अधिकार प्राप्त गर्ने चीनमा पहिलो कम्पनी हो। यो संसारमा ओपेरा मिनी पछिको पहिलो सफ्टवेयर हो।[६]

जून २०१४ मा, युसी वेब सबैभन्दा ठूलो चिनियाँ इण्टरनेट समायोजन सम्झौता अन्तर्गत अलीबाबा समूहको पूर्ण सहायक कम्पनी बनेको थियो[४] जसमार्फत युसी वेबले अलीबाबा समूह भित्र, मोबाइल सम्बन्धित व्यवसायको भागलाई आत्मसात गरी अलिबाबा युसी मोबाइल व्यवसाय समूह गठन गरेको थियो। समायोजन पछि, सन् २००६ मा यूसी वेबको[७] प्रमुख कार्यकारी यु योङफु नेतृत्वमा, अलीबाबा यूसी मोबाइल व्यवसाय समूहले ब्राउजर, खोजी, स्थान-आधारित सेवा, अनुप्रयोग भण्डार, मोबाइल खेल र मोबाइल पाठकको सञ्चालनलाई निरीक्षण गरेको थियो।[८][९]

सफ्टवेयर उत्पादनहरू

[सम्पादन गर्नुहोस्]

यूसी ब्राउजर: सन् २००४ मा युसी प्रविधिले विकसित गरेको एम सफ्टवेयर हो। यो ब्राउजर मोबाइल र सुशाङ्ख संस्करणहरूमा विभाजित छ।

१) युसी ब्राउजर विश्वको सबैभन्दा बढी प्रयोग भएको तेस्रो पक्षीय मोबाइल ब्राउजरहरू मध्येको एक हो। सन् २०१६ सम्ममा, युसी ब्राउजरहरूले ४०० मिलियन मासिक सक्रिय प्रयोगकर्ता र ६०० मिलियन भन्दा बढी प्रत्यक्ष प्रयोगकर्ताहरू नाघेको थियो।[१०]

२) युसी मोबाइल: वेबकिट कर्नेलमा आधारित छ। यो ओपेरा मोबाइलको समान छ, तथापि यसले प्रयोगकर्ता केन्द्र र यसका सबै सुविधाहरूका साथ स्याम्बियन र विन्डोज मोबाइलका मञ्चहरूको पनि समर्थन गर्दछ।

३) युसी श्रव्य दृश्य: एक मोबाइल फोन प्लेयर सफ्टवेयर हो जसमा प्रवाह सामग्रीहरूको सञ्चालन युसीको सेवक ढाँचाद्वारा रूपान्तरण गरिएको छ। यसले स्याम्बियन, विन्डोज मोबाइल र एन्ड्रोइड मञ्चको पनि समर्थन गर्दछ।

४) डेस्कटप: यसी वेबले विकसित गरेको एक मोबाइल डेस्कटप सफ्टवेयर हो जसले स्याम्बियन, विन्डोज मोबाइल र एन्ड्रोइडका मञ्चहरूको समर्थन गर्दछ। [११]

५) सम्पर्ककर्ता परिचय: एक सञ्चार प्रबन्धन सफ्टवेयर हो जसलाई मूल रूपमा स्वतन्त्र विकासकर्ता सु जिहोङले निर्माण गरेका थिए। सन् २०१० मा यसलाई युसी प्रविधिद्वारा अधिग्रहण गरिएको थियो। यसले स्याम्बियन, विन्डोज मोबाइल र एन्ड्रोइडका मञ्चहरूको समर्थन गर्दछ।

५) यूसी समाचार: युसी वेबले विकास गरेको एक समाचार जाल स्थल हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "おもねさとともえともみしゅう完成かんせい统一通信网的全面收购和整合", अलिबाबा समूह, २०१४-०६-११। 
  2. कम्पनीको प्रोफाइल, विजनेस विक
  3. U CWeb becomes first Chinese Internet company to hit No. 1 in India, adds Jack Ma to board वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०८ मिति, पाण्डो दैनिक, अभिगमन मिति २१ अगष्ट, २०१३
  4. ४.० ४.१ UCWEB天使てんし,第一步だいいっぽ वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०१ मिति
  5. 优视科技かぎ无心插柳却成ぎょう代表だいひょう वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-३० मिति
  6. かみなり军:图解UCWEBつう并快乐的创业故事こじ
  7. 广州优视动景(UC浏览)さらめい为UC优视科技かぎ有限ゆうげん公司こうし वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-१३ मिति
  8. おもねさとともえともみぜん资合并UC优视 加速かそく推进“うん+はし”战略
  9. http://www.uc.cn/a/corp/index.html
  10. "そん档副ほん", मूलबाट २०१०-१२-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०९-३० 
  11. http://tech.163.com/10/0926/00/6HFFB6PH000915BF.html

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट