शिन्कान्सेन
शिन्कान्सेन (
टोकियो, नागोया र ओसाका, जापानका तीन ठूला सहरहरू जोड्ने मूल टोकाइदो शिन्कानसेन, विश्वको सबैभन्दा व्यस्त उच्च गति रेल मार्गहरु मध्ये एक हो। २०७३ चैत्र अघिको एक वर्षको अवधिमा, यसले १०.५९ करोड यात्रुहरू बोकेको थियो।[३]
इतिहास[सम्पादन गर्नुहोस्]
पहिलो शिन्कान्सेनको निर्माणको श्रेय प्रमुख व्यक्तिहरूमध्ये मुख्य इन्जिनियर हिदेओ शिमा र जापानी राष्ट्रिय रेलवे (जे. एन. आर.) का पहिलो अध्यक्ष शिन्जी सोगो हुन् जसले राजनीतिज्ञहरूलाई योजनालाई समर्थन गर्न सफल भए। यसको प्राविधिक विकासका लागि ताडानाओ मिकी, तादाशी मात्सुदाइरा, र हाजिमे कावानाबे मुख्य थिए। तिनीहरू तीनै जनाले दोस्रो विश्वयुद्धमा विमानको डिजाइनमा काम गरेका थिए। [४]
अङ्ग्रेजीमा 'बुलेट ट्रेन' नामले समेत परीचित जापानी शब्द
निर्माण[सम्पादन गर्नुहोस्]
डिसेम्बर १९५८ मा सरकारले यो योजना स्वीकृति गर्यो, र टोकियो र ओसाका बीचको टोकाइडो शिन्कान्सेनको पहिलो खण्डको निर्माण अप्रिल १९५९ मा सुरु भयो। शिन्कानसेन निर्माणको लागत सुरुमा करिब २०० अर्ब येन अनुमान गरिएको थियो, जुन सरकारी ऋण, रेलवे ऋणपत्र र विश्व बैंकबाट ८ करोड अमेरिकी डलरको न्यून ब्याज ऋणको रूपमा उठाइएको थियो। प्रारम्भिक अनुमानहरू, तथापि, जानाजानी कम गरिएको थियो र वास्तविक लागत लगभग ४०० बिलियन येन थियो। [६]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- ↑ Joe Pinker (६ अक्टोबर २०१४), "What 50 Years of Bullet Trains Have Done for Japan", The Atlantic (The Atlantic Monthly Group), मूलबाट २७ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८।
- ↑ Philip Brasor and Masako Tsubuku (३० सेप्टेम्बर २०१४), "How the Shinkansen bullet train made Tokyo into the monster it is today", The Guardian, मूलबाट १६ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१८।
- ↑ Central Japan Railway Company Annual Report 2017 (Report). 2017. p. 23. http://english.jr-central.co.jp/company/ir/annualreport/_pdf/annualreport2017.pdf.
- ↑ Shinkansen – From Bullet Train to Symbol of Modern Japan, London।
- ↑ Shinkansen: From Bullet Train to Symbol of Modern Japan, २००६।
- ↑ Smith, Roderick A. (२००३), "The Japanese Shinkansen", The Journal of Transport History (Imperial College, London) 24/2 (2): 222–236।