(Translated by https://www.hiragana.jp/)
ललितपुर मेयर्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित – Online Khabar
+

ललितपुर मेयर्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित

२०८१ जेठ  ५ गते १३:१९ २०८१ जेठ ५ गते १३:१९
ललितपुर मेयर्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित

५ जेठ, काठमाडौं । एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध  २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो ।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो । कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन् ।

कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२,  सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइ । रितु कनौजिया शून्य रनमा आउट भइन् ।

एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो ।

एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।

नेपाली क्रिकेट महिला क्रिकेट ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय