मेसोजोइक महाकल्प
स्वरूप
मेसोजोइक इरा
Mesozoic Era
251.902–66 million years ago | |
मेसोजोइक महाकल्पको मुख्य घटनाक्रम
Key events in the Mesozoic -260 — – -240 — – -220 — – -200 — – -180 — – -160 — – -140 — – -120 — – -100 — – -80 — – -60 — – An approximate timescale of key Mesozoic events. Axis scale: millions of years ago. |
मेसोजोइक इरा (महाकल्प) को अवधि करिब २५ करोड वर्ष अघिदेखि ६ करोड ५० लाख वर्ष पहिलासम्मको अवधिलाई मानिन्छ । यस अवधिमा पाइएका चट्टानहरूको अध्ययनबाट विभिन्न किसिमका पहाड तथा पर्वतहरू निर्माण भएको अनुमान गरिन्छ । साथै यस अवधिमा स्थल, जल र वायुमा बाँच्न सक्ने जीवहरूको स्थिति सिर्जना भएको अनुमान गरिन्छ । यस अवधिमा धेरै सङ्ख्यामा सरीसृपहरूको विकास भएकाले यस इरालाई सरीसृपको समय भनिन्छ । यस समयमा विशाल जीव (डाइनोसरहरू) को उत्पत्ति र प्रभुत्व हुनाका साथै लोप पनि भएको पाइन्छ । यस इरालाई घस्रने जीवहरूको (सरीसृप) इरा भनेर पनि चिनिन्छ ।
भौगर्भिक समय
[सम्पादन गर्नुहोस्]- ट्रायासिक :डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति
- जुरासिक: घस्रने जन्तुहरूको प्रभुत्व, डाइनोसर र अन्य जन्तुहरूको उत्पत्ति र विकास
- कृटासीयस : फुल फुल्ने बिरुवाहरू र विभिन्न किराहरूको उत्पत्ति एवम् डाइनोसर र ठुला घस्रने जन्तुहरूको विनाश
जीवहरूको प्रादुर्भाव
[सम्पादन गर्नुहोस्]डाइनोसर, चरा चुरुङ्गी, कछुवा, घस्रने जन्तुको उत्पत्ति, कोणधारी बिरुवाको उत्पत्ति