सिन्जो आबे
सिन्जो आबे | |
---|---|
![]() आबे सन् २०१५ मा | |
जापानको प्रधानमन्त्री | |
कार्यकाल सन् २०१२ डिसेम्बर २६ – २०२० सेप्टेम्बर १६ | |
एकाधिपति | आकिहितो नारुहितो |
सहायक | तारो आसो |
पूर्वाधिकारी | योसिहिको नोडा |
उतराधिकारी | निर्णयाधीन योसिहिदे सुगा |
कार्यकाल सन् २००६ सेप्टेम्बर २६ – सन् २००७ सेप्टेम्बर २६ | |
एकाधिपति | आकिहितो |
पूर्वाधिकारी | जुनिचिरो कोइजुमी |
उतराधिकारी | यासुओ फुकुदा |
लिबरल डेमोक्रेटिक पार्टीका सभापतिहरू | |
पद बहाली सन् २०१२ सेप्टेम्बर २६ | |
सहायक | मासाहिको कोमुरा |
महासचिव | सिगेरू इसिबा सादाकाजु तानिगाकी तोसिहिरो निकाई |
पूर्वाधिकारी | सादाकाजु तानिगाकी |
उतराधिकारी | निर्णयाधीन |
कार्यकाल सन् २००६ सेप्टेम्बर २० – सन् २००७ सेप्टेम्बर २६ | |
महासचिव | सुतोमु ताकेबे हिडेनाओ नाकागावा तारो आसो |
पूर्वाधिकारी | जुनिचिरो कोइजुमी |
उतराधिकारी | यासुओ फुकुदा |
विपक्षी दलको नेता | |
कार्यकाल सन् २०१२ सेप्टेम्बर २६ – सन् २०१२ डिसेम्बर २६ | |
एकाधिपति | आकिहितो |
प्रधानमन्त्री | योसिहिको नोडा |
पूर्वाधिकारी | सादाकाजु टानिगाकी |
उतराधिकारी | बानरी काइएडा |
प्रमुख मन्त्रिमण्डल सचिव | |
कार्यकाल सन् २००५ अक्टोबर ३१ – सन् २००६ सेप्टेम्बर २६ | |
प्रधानमन्त्री | जुनिचिरो कोइजुमी |
पूर्वाधिकारी | हिरोयुकी होसोडा |
उतराधिकारी | यासुहिसा सियोजाकी |
प्रतिनिधि सभाको सदस्य | |
पद बहाली सन् १९९६ अक्टोबर २० | |
पूर्वाधिकारी | 'नयाँ निर्वाचन क्षेत्र' |
निर्वाचन क्षेत्र | यामागुची चौथौ जिल्ला |
बहुमत | ८६,२५८ (५८.४०%) |
कार्यकाल सन् १९९३ जुलाई १८ – सन् १९९६ अक्टोबर २० | |
पूर्वाधिकारी | 'नयाँ निर्वाचन क्षेत्र' |
उतराधिकारी | मासाहिको कोमुरा |
निर्वाचन क्षेत्र | यामागुची पहिलो जिल्ला |
व्यक्तिगत विवरण | |
जन्म | २१ सेप्टेम्बर १९५४ टोकियो, जापान |
मृत्यु | ८ जुलाई २०२२ Kashihara, Nara, जापान | (उमेर ६७)
मृत्युुको कारण | गोली प्रहार (cardiopulmonary arrest) |
राजनीतिक दल | लिबरल डेमोक्रेटिक पार्टी |
जीवन साथी | |
अभिभावक(हरू) | सिन्तारो आबे योको आबे |
निवास | 'कान्तेई' |
मातृ शिक्षाप्रतिष्ठान | सेइकेई विश्वविद्यालय (बिए) दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय |
सिन्जो आबे (
जन्म तथा प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]आबेको जन्म जापानको राजधानी टोकियोको एक स्थायी राजनीतिक परिवारमा भएको हो। उनको परिवार मूलत: यामागुची पर्फेक्चरका निवासी हुन् र आबे उनको हजुरबुवाको जन्म भएको स्थान नागाटोका पञ्जीकृत वासिन्दा हुन्। उनको हजुरबुवा कान आबे र बुवा सिनतारो आबे दुवै राजनीतिज्ञ हुन्। आबेकी आमा, योको किसी[३] जापानका प्रधानमन्त्री नोबुसुके किसी (१९५७-१९६०)की छोरी हुन्। किसी द्वितीय विश्व युद्धका समय हिडेकी तोजोका मन्त्रिपरिषदको सदस्य थिइन्।[४]
आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जन प्रशासनिक विषयमा अध्ययन गरेका हुन्। उनी पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जन नीति विषयको अध्ययन गरेका थिए।[५] सन् १९७९ अप्रिलमा आबे कोबी स्टिलमा कार्य गर्न प्रारम्भ गरे।[६] सन् १९८२ मा उनले सो कम्पनीबाट राजिनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए।[७]
राजनीति
[सम्पादन गर्नुहोस्]सन् १९९३ को जापानी आम निर्वाचनमा विजयी भएपछि सन् २००५ सेप्टेम्बरमा जुनिचिरो कोइजुमीले उनलाई प्रमुख मन्त्रिमण्डल सचिव नियुक्त गरेका थिए। आबेले सन् २००६ सेप्टेम्बरमा भएको लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनमा कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बनेका थिए। आबे जापानको राष्ट्रिय संसद (डाइट)को विशेष सत्रमा सन् २००६ सेप्टेम्बर २६ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि छानिदा उनी द्वितीय विश्व युद्ध पछि जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। उनी जापानका प्रधानमन्त्री हुँदा ५२ वर्षका थिए साथै द्वितीय विश्व युद्ध पछि जन्मिने पहिलो प्रधानमन्त्री हुन्। एक वर्षभन्दा पनि कम अवधिसम्म पदमा बहाल रहेपछि उनले स्वास्थ्य समस्याका कारण सन् २००७ सेप्टेम्बर १२ मा प्रधानमन्त्री पदबाट राजिनमा दिए, त्यसपछि उनलाई यासुओ फुकुदाले प्रतिस्थापित गरे।
प्रधानमन्त्रीको रूपमा पहिलो कार्यकाल (२००६–२००७)
[सम्पादन गर्नुहोस्]![](https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/bd/Shinz%C5%8D_Abe_20060926.jpg/220px-Shinz%C5%8D_Abe_20060926.jpg)
२६ सेप्टेम्बर २००६ मा आबेले जापानी प्रधानमन्त्रीका रूपमा सपथ लिए।[८] ५२ वर्षको उमेरमा निर्वाचित, सन् १९४१ मा फुमिमारो कोनोएपछि उनी सबैभन्दा कान्छो प्रधानमन्त्री थिए।[९]
आन्तरिक नीति
[सम्पादन गर्नुहोस्]परराष्ट्र नीति
[सम्पादन गर्नुहोस्]उत्तर कोरिया
[सम्पादन गर्नुहोस्]आबेले सामान्यतया उत्तर कोरियाको सन्दर्भमा कडा पङ्क्तिको अडान लिए, विशेष गरी जापानी नागरिकहरूको उत्तर कोरियाली अपहरणको सन्दर्भमा।
सन् २००२ मा, जापान र उत्तर कोरियाबीच भएको वार्तामा प्रधानमन्त्री कोइजुमी र महासचिव किम जोङ इल अपहरणकारीलाई जापान भ्रमणको अनुमति दिन सहमत भएका थिय । भ्रमणको केही हप्ता पछि, जापान सरकारले निर्णय गर्यो कि अपहरणकारीहरूलाई उत्तर कोरिया फर्कन प्रतिबन्ध लगाइनेछ जहाँ तिनीहरूका परिवारहरू बस्छन्। आबेले यस नीतिगत निर्णयको श्रेय आफ्नो सबैभन्दा धेरै बिक्री हुने पुस्तक, टुवर्ड ए ब्यूटीफुल नेसन (Towards a Beautiful Nation (
चीन, दक्षिणपूर्वी एसिया र ताइवान
[सम्पादन गर्नुहोस्]आबेले जनवादी गणतन्त्र चीनसँगको सम्बन्ध सुधारको आवश्यकतालाई सार्वजनिक रूपमा स्वीकार गरे र विदेश मन्त्री तारो आसोसँग मिलेर पूर्व जनवादी गणतन्त्र चीन सर्वोच्च नेता हु जिन्ताओसँग अन्तिम शिखर बैठकको माग गरे।[१०] आबेले चीन–जापान सम्बन्ध भावनामा आधारित भएर चल्न नहुने पनि बताए ।[११]
अबे ताइवानका सम्मानित राजनीतिग्य माध्ये एक हुन।
आबेले दक्षिणपूर्वी एसियाली क्षेत्रमा राजनीतिक, सुरक्षा र आर्थिक सम्बन्धलाई मजबुत बनाउन आवश्यक रहेको बताए । आबेले उत्तर कोरियाको आणविक खतराको सामना गर्न आफ्नो अन्तर्राष्ट्रिय अभियानमा आफ्ना सहयोगीहरूलाई बढाए। आबेले फिलिपिन्स र इन्डोनेसियाको भ्रमण गरे र जनवादी गणतन्त्र चीन दक्षिणपूर्वी एसियाली क्षेत्र भित्र नभए पनि जापानले पनि चीनको समर्थन खोजेको छ। तर सेन्काकु टापु विवाद र आबेको यासुकुनी मन्दिरको भ्रमणको कारणले चीन सँगको सम्बन्ध धमिलो भइरहेको थियो।
भारत
[सम्पादन गर्नुहोस्]आबेले जापानको प्रधानमन्त्रीको रूपमा आफ्नो चार कार्यकालमा रणनीतिक जापान-भारत सम्बन्धलाई स्तरोन्नति गर्न खोजेका थिए। आबेले सन् २००७ मा जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र भारत बीच क्वाड (Quadrilateral Security Dialogue/ चतुर्भुज सुरक्षा वार्ता)को सुरुवात गरेका थिए।[१२] अगस्त २००७ मा उनको तीन दिने भारत भ्रमणले भारत र जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको लामो इतिहासमा नयाँ द्विपक्षीय एसियाली गठबन्धनको सुरुवात गर्यो।
आबेको पहल एक उदीयमान परिदृश्यमा "पाँचौं" द्विपक्षीय लिंक स्थापना गर्नु थियो, जसमा, अमेरिका-अष्ट्रेलिया, यूएस-जापान, जापान-अष्ट्रेलिया, र यूएस-भारत लिंकहरू सहयोगी रणनीतिक पङ्क्तिबद्धता हुन्। भारत-अष्ट्रेलियाको छैटौं लिङ्क तार्किक परिणाम हुनेछ, रणनीतिक बल्वार्कको नयाँ चतुर्भुजको रूपमा औपचारिक रूपमा। भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स र इन्डोनेसियालाई यस व्यवस्थामा समावेश गर्ने अन्तिम विस्तार ती राज्यहरूको मिडियामा अनुमान गरिएको छ। चिनियाँ रणनीतिक विज्ञहरूले विकसित भू-रणनीतिक प्रतिमान, "एसियाली नाटो" लाई लेबल गरेका छन्।[१३] आबेको व्यावहारिक भारत विदेश नीति एशियामा एक महत्वपूर्ण साझेदार प्राप्त गर्दा जापानको पुनरुत्थान आर्थिक सूचकहरूलाई बढावा दिन थियो।[१४]
प्रतिरक्षा
[सम्पादन गर्नुहोस्]अलोकप्रियता र राजिनामा
[सम्पादन गर्नुहोस्]दोस्रो कार्यकालको प्रधानमन्त्री (२०१२–२०१४)
[सम्पादन गर्नुहोस्]सन् २०१२ सेप्टेम्बर २६ मा आबेले भूतपूर्व रक्षा मन्त्री सिगेरू इसिबालाई पराजित गर्दै लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको चुनाव जित्न सफल भए। लिबरल डेमोक्रेटिक पार्टीको सभापतीय निर्वाचन जितेपछि उनी सन् २०१२ को साधारण निर्वाचन जितेर पुन: जापानको प्रधानमन्त्री बने। सन् १९४८ मा सिगेरू योसिदापछि प्रधानमन्त्री कार्यलय फर्किने उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए।
आर्थिक नीति (Abenomics)
[सम्पादन गर्नुहोस्]घरेलु नीति
[सम्पादन गर्नुहोस्]विदेश नीति
[सम्पादन गर्नुहोस्]रक्षा र सुरक्षा नीति
[सम्पादन गर्नुहोस्]आबे सन् २०१४ को साधारण निर्वाचनमा आफ्नो साझेदार कोमेइटोसँगको गठबन्धनमा पुन: बहुमतका साथ निर्वाचित भए।[१५]
सन् २०२० अगस्ट २८ मा, आबेले अस्वस्थता देखाउँदै प्रधानमन्त्री पदबाट अनिर्णित राजिनामा दिएका छन्। उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिसबाट पीडित छन्।[१६][१७] उनले लिबरल डेमोक्रेटिक पार्टीको सभापति नछानिएसम्म पदमा रहिरहने जनाएका छन्। आफ्नो अस्वस्थताका कारण सरकारको निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना मागेका थिए।[१८][१९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sposato, William, "Shinzo Abe Can’t Afford to Rest on His Laurels"।
- ↑ "Japanese PM Shinzo Abe resigns for health reasons", २८ अगस्ट २०२०, अन्तिम पहुँच २८ अगस्ट २०२० – www.bbc.comद्वारा।
- ↑ JPop.com – JPop bands, albums, songs, and info वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-१४ मिति (Kishi Yōko)
- ↑ "Formed in childhood, roots of Abe's conservatism go deep" - Japan Times - Dec 26, 2012
- ↑ The Dragons of Troy वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति, USC Trojan Family Magazine, Winter 2006, accessed December 22, 2012.
- ↑ Profile: Shinzo Abe BBC News ढाँचा:WebCite
- ↑ Shinzo Abe the Chief Cabinet Secretary वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति Shinzo Abe's official website ढाँचा:WebCite
- ↑ "Abe elected as new Japan premier", BBC News. वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१२ मिति
- ↑ "Abe Is Chosen as Japan's Youngest Leader in 65 Years", Bloomberg, 26 September 2006.
- ↑ New Japan PM vows strong China ties, CNN, 26 September 2006. वेब्याक मेसिन अभिलेखिकरण २६ सेप्टेम्बर २००६ मिति
- ↑ Japan's Abe Says Talks Needed to Improve Ties With China, South Korea VOA News वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २००६ मिति
- ↑ Ankit Panda (८ जनवरी २०१४), "India-Japan Defense Ministers Agree To Expand Strategic Cooperation", The Diplomat, अन्तिम पहुँच ९ जनवरी २०१४।
- ↑ "Abe calls for strategic ties between Japan, India", Nerve.in, २२ अगस्ट २००७, अन्तिम पहुँच ६ अप्रिल २०१७।
- ↑ Onishi, Norimitsu (३१ अगस्ट २००७), "Decades After War Trials, Japan Still Honors a Dissenting Judge", The New York Times, अन्तिम पहुँच २३ मे २०१०।
- ↑ "
戦後 70年 の首相 談話 閣議 決定 ", NHK, मूलबाट १४ अगस्ट २०१५-मा सङ्ग्रहित। - ↑ "स्वास्थ्यलाई कारण देखाउँदै आबेद्वारा पदबाट राजीनामा", रेडियो कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२९।
- ↑ "पेटका बिरामी जापानी प्रधानमन्त्री आवे राजिनामा दिँदै", सरल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२९।[स्थायी मृत कडी]
- ↑ "Japan PM Abe announces his resignation at press conference", Kyodo News, २८ अगस्ट २०२०, अन्तिम पहुँच २८ अगस्ट २०२०।
- ↑ "Shinzo Abe: Japan's PM resigns for health reasons", BBC, अन्तिम पहुँच २८ अगस्ट २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-०६ मिति
- जापानको प्रधानमन्त्रीको आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा)